Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तैफर्किन तयार छु : मन्त्री खरेल

Zenith Migration Education

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूसरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब कामनगर्ने बताएका छन् ।

बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनलेमन्त्री पदमा बसेको समयमा जानेर–बुझेर नियतबस कुनै खराब कामनगर्ने भन्दै जस्तो आएको त्यस्तै जान पनि तयार भएको बताए ।

काम नै नगरेपनि कुनै काम बिगारेको दाग लिएर नजाने पनि उनकोभनाई छ ।

उनले भने, ‘जिन्दगीको नयाँ मोडमा आएको छु । विशेष परिस्थितीमाविशेष भूमिकामा आउनुपरेको छ । यति चाहीं भन्न चाहन्छु–कति गर्नसकिएला पाँच महिना माथिको अवधिमा त्यो त थाहा छैन् । तरतपाईहरुलाई साक्षी राखेर भन्छु जानेर–बुझेर नियतबस खराब केहीगर्ने छैन् । बरु जस्तो गएको त्यस्तै फर्किने छु । कति गरिस्, कतिगरिनस् हिसावकिताव समयले गर्ला । तर यति बिगारेर आएरनिधारमा लगाएको दागको छिट्टा पर्यो भन्ने अवस्था आउन दिन्न । योसम्मान ग्रहण गरि राख्दा त्यसको गरिमा राख्ने म प्रयास गर्नेछु ।’

यस्तै, उनले कार्यक्रममा उपस्थित श्रष्टाहरुको अगाडि आफू उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले नयाँ भएको भन्दै श्रष्टाहरुलेदेखाएको बाटोमा सँधै हिड्न तयार रहेको बताए ।

उनले भने, ‘श्रष्टाहरुको सक्रियताले सधैँ उर्जा दिन्छ । हामीले उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले तपाईहरुभन्दा नयाँ छौ सिक्दैछौ । त्यसैले यो देशको समृद्धिको लागि साहित्य, कला, संस्कृतिकोजर्गेनाको लागि मौलिकतालाई जोगाउने अभियानको लागि जे जसरीयहाँहरु अहोरात्र खटेर लागिराख्नु भएको छ यसले नतमस्तकबनाएको छ । त्यसैले तपाईहरुले डोहोर्याएको बाटोमा सँधै हिड्नसकौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु