Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

नियमित महाधिवेशनमै समझदारी \गर्न कावा सभापति खड्काको जोड

Zenith Migration Education

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमितमै जोड दिएका हुन् ।

पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिए । उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए।

खड्काले विशेष महाधिवेशन आवश्यक नरहेकाले मंसिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुंगो लगाउनुपर्ने बताए। महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा, नेता गुरुराज घिमिरेलगायतको अगुवाइमा भएको हस्ताक्षरसहितको प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए । 

विहीबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु