Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेलमा आज लिभुरा र  बाम्ती भण्डार भिड्दै

Zenith Migration Education

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा  सञ्चालित २७ औँ भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेल आज दिउँसो १ बजेपछि सुरु हुँदैछ ।

अमृत घामछायाँ खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको  फाइनल प्रतिस्पर्धा लिखु भुजी युवा क्लब रामेछाप (लिभुरा) र  रामेछापका बाम्ती भण्डार बिच हुने भएको छ । नौ वटा टिमले भाग लिएको प्रतियोगितामा रामेछापकै दुईवटा टिम फाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैँया नगद, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टोलीले ६७ हजार ७ सय २७ रुपैँया नगद र रजत पदक पाउने भुजी फुटबल क्लबका अध्यक्ष शुभ राज सुनुवारले जानकारी दिए ।  सुनुवारको अध्यक्षतामा गत शुक्रबारबाट सुरु भएको खेलको उद्घाटन उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले गरेकी थिइन् ।

उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, खेलकुद विकास संयोजक सुदीप सुनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी तथा स्थानीयवासीको सहभागिता थियो। भुजी लिग फुटबल स्थानीयस्तरमा खेलकुदको पहिचान स्थापना गर्ने सो क्षेत्रको परम्परागत उत्सवको रूपमा विकसित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु