सिड्नी — नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा A-League Women Club Wellington Phoenix की स्ट्राइकर साबित्रा (साम्बा) भण्डारीको सम्मानमा अष्ट्रेलियाको सिड्नीमा सोमबार विशेष Meet & Greet कार्यक्रम सम्पन्न भएको छ।

Welcome Function Center, Auburn मा आयोजित उक्त कार्यक्रममा साम्बाको अन्तर्राष्ट्रिय फुटबलमा गरेको योगदान र नेपाली खेल क्षेत्रको उन्नतिमा पुर्याएको प्रेरणादायी भूमिकाको प्रशंसा गरिएको थियो।
कार्यक्रमको उद्देश्य साम्बाप्रति सम्मान प्रकट गर्नुका साथै प्रवासमा रहेका नेपाली खेलप्रेमी, समुदायका प्रतिनिधि र समर्थकहरूबीच आपसी सम्पर्क र सहकार्य सुदृढ गर्नु रहेको आयोजक नवाज”अध्यक्ष चिरन तिवारीले बताए

कार्यक्रममा NSW राज्यका वाणिज्यदूत सन्जीव शर्मा, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ, नवाज तथा एन्जाका सल्लाहकार डा. राजु मानन्धर
अभियन्ता देब गुरूग, बरवुड काउन्सिलकी काउन्सिलर सुकृति भट्ट, एनआरएनए एनसीसी सदस्य जितेन्द्र श्रेष्ठ, ग्रान्डभिल नेपाली समुदायका अध्यक्ष भिम बस्नेत, ओबर्न नेपाली समुदायका अध्यक्ष अरूण श्रेष्ठ, (ANJA) का अध्यक्ष कृष्ण तिवारी लगायत आयोजक संस्थाका प्रतिनिधि, समाजसेवी र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वाणिज्यदूत शर्माले साम्बा भण्डारीको उपलब्धि नेपाल र प्रवास दुवैका युवाका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै, खेलकुदले राष्ट्रलाई एकतामा बाँध्ने भूमिका खेल्ने बताएका छन्। उनले साम्बाको सफलताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्ने हौसला प्रदान गरेको पनि बताए।

साम्बा भण्डारीले आयोजक संस्थाहरू र सहभागी सबैप्रति आभार व्यक्त गर्दै भनिन्, “फुटबल मेरो जीवनको यात्रा हो, जसले मलाई अनुशासन, प्रतिबद्धता र आत्मबल सिकाएको छ।” उनले खेल र खेलाडीप्रति सहयोगी भावना राख्न आग्रह गर्दै नेपाली समुदायको माया र समर्थनले आफूलाई अझ उत्साहित बनाएको बताइन्।

उक्त कार्यक्रम Nepalese Australian Welfare Society (NAWS), र Consulate of Nepal NSW,Australia ले Gurkha -Nepalese Community (GNC), Sahara Club Australia र Tamang Recreational Club (TRCC) को आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रायोजकमा Ruby Homes, Expert Education & Visa Services, र Success Mortgage and Finance रहेका थिए।








