Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित

Zenith Migration Education

 सिड्नी। डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी खेलाडीसहित नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म अष्ट्रेलियाको पर्थमा भएको प्रतियोगितामा सहभागी ३ खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहित ५ जना सम्मानित भएका हुन् ।

सम्मानित हुने खेलाडीमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षकमा राकेश महर्जन तथा टोली व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन रहेका छन् ।

उनीहरुलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सन्जेल, एनआरएनए वेस्टर्न अष्ट्रेलियाका अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाका पूर्व अध्यक्ष आङ दावा शेर्पा र टेबलटेनिसका पूर्व नेपाल च्याम्पियन अजय सुवालले एक कार्यक्रमबीच सम्मान गरे ।

नेपाली टोली पर्थबाट अक्टोबर १४ देखि १८ तारिखसम्म हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन थाइल्यान्ड जाने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु