Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

सैन्य तालिम समापनमा अन्तिम दलेल कवाज प्रदर्शन

Zenith Migration Education

काठमाडौं । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमासञ्चालित सैन्य आधार तालिम समापन भएको छ । तालिम समापनकाअवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिमदलेल कवाज प्रदर्शन गरेका थिए ।

नेपाली सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानहरूमा सञ्चालित नौंमहिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २,१०२ जना पुरुषतथा ३४९ जना महिला गरी कुल २,४५१ जना सैन्यहरू दीक्षित भएका छन्।

तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रमअन्तर्गत नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशकध्रुव प्रकाश शाह लगायत विभिन्न तालिम केन्द्र, पृतना, बाहिनी तथागण÷गुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठअधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाईपुरस्कार प्रदान गरेका थिए ।

सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थितजनप्रतिनिधिहरू, सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीहरूकोउपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु