Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

सशस्त्र प्रहरीले चुलु फारईस्ट हिमालमा फहरायो नेपालको झण्डा

Zenith Migration Education

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीले दामोदर हिमश्रृंखलाअन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन् । असोज २५ गते बिहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएको हो ।

पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहरणले पर्यटन प्रवद्धनमा कोेशेढुङ्गा समेत सावित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा संचालन भइरहेको पर्वतीय उद्धार तालिमको लागि आवश्यक पर्ने प्रशिक्षकहरुको उत्पादनमा समेत ठुलो भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

केही समय अगाडी सशस्त्र प्रहरी बल, नेपालले चुलु फार ईस्ट हिमाल आरोहण गर्न अनुमति खुल्ला गर्ने प्रक्रियामा पहल गरेको थियो । त्यसको फलस्वरुप सशस्त्र प्रहरी बल, नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो । यसभन्दा अघि चुलु ईस्ट हिमालको अनुमति लिएर चुलु फार ईस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो । सशस्त्र प्रहरी बल, नेपालको यस आरोहण पश्चात चुलु फार ईस्ट हिमाल आरोहण गर्ने कानुनी हिसावमा बैधानिकता समेत प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना, निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाईन्समा फोर्टिन, पिक्स एक्सपीडिसनमार्फत उक्त हिमाल आरोहण गरेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु