Thursday, July 30, 2026
Zenith Migration Education
Thursday, July 30, 2026

काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल रयाली प्रशासन द्वारा निषेध

Zenith Migration Education

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार हुने भनिएको  मोटरसाईकल रयाली तथा सभा गर्न निषेध गरेको छ । 

शुक्रबार एक सूचना जारी गरि रयाली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको जानकारी गराएको हो । शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु गरेको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सूचनामार्फत बताए । 

‘विभिन्न समूहहरुबाट हुने भनिएका रयाली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएकोले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि रयाली प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,’ सूचनामा उल्लेख गरिएको छ । 

पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम सूचना दिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु