Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की

Zenith Migration Education

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाको आवाज र भावना विगतका सरकारले पर्याप्त ध्यान नदिएको बताएकी छन् ।

जेनजी आन्दोलनको एक महिनाको अवसरमा जारी गरेको भिडियोमा उनले वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् । 

‘हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने चाहना छ’, प्रधानमन्त्रीले सन्देशमा भनेकी छन्, ‘युवापुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ ।’

युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र नभइ देश सुधार्ने शक्ति भएको कार्कीको भनाइ छ । उनले भनिन् , ‘युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र होइन, देश सुधार्ने शक्ति हो । त्यसैले यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु