Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

Zenith Migration Education

वीरगन्ज । हिजो (शुक्रबार) रातिदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण वीरगन्ज सहर पोखरीमा परिणत भएको छ। प्रमुख सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म बाढी र डुबानको असर देखिएको छ।

वीरगन्जको गोशवारा रोड, माईस्थान, आदर्शनगर लगायतका स्थानहरूमा नालाबाट पानीको निकास नहुँदा सडकहरूमा घुँडासम्म पानी जमेको छ। स्थानीयवासीका अनुसार घर, पसल र होटलहरूमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरीबहादुर बस्नेतका अनुसार, वीरगन्ज बसपार्कस्थित प्रहरी चौकी, माईतीनेपालको बिट कार्यालय र शिर्सियास्थित मानव सेवा आश्रममा पानी प्रवेश गरेपछि त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको छ।

उनका अनुसार हालसम्म कुनै मानविय वा अन्य भौतिक क्षतिको रिपोर्ट प्राप्त नभएको बताइएको छ।

त्यसैगरी, ग्रामीण भेगका धेरै गाउँहरू जलमग्न बनेका छन्। बाढीका कारण सडक यातायात अवरुद्ध भएको र सहरका अधिकांश पसल बन्द रहँदा बजार सुनसान देखिएको छ। दैनिक क्रियाकलापहरू प्रभावित भएका छन् भने स्थानीयहरू घरमै थुनिन बाध्य भएका छन्।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो सूचना अनुसार अगामी तीन दिनसम्म पनि वर्षा जारी रहने सम्भावना रहेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनसम्म सतर्क रहन वीरगन्ज र आसपासका नागरिकहरूलाई अनुरोध गरेको छ। प्रशासनले नदी, खोल्सा र डुबान हुने क्षेत्र नजिक नजान र आवश्यक परेमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

लगातारको वर्षालाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले आपतकालीन सहयोगका लागि हेल्पलाइन नम्बरहरू सार्वजनिक गरेको छ। महानगरले उद्धारका लागि टोली तयार राखिएको र जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु