Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

एपीएफसँगै उद्वारमा खटियो भारतीय एसएसबी

Zenith Migration Education

लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

प्रभावित क्षेत्रका बासिन्दाको उद्धारका लागि सशस्त्र प्रहरी बल (एपीएफ) नेपालसँगै भारतीय सुरक्षाकर्मी सशस्त्र सीमा बल (एसएसबी) पनि संयुक्त रुपमा उद्धार कार्यमा खटिएका छन्।

नेपाल–भारत सीमा क्षेत्र भएकाले सशस्त्र प्रहरी बल नेपाल नं. १ श्रीअन्तु गण र भारतीय एसएसबी २६ बटालियनका टोलीबीच समन्वयमा उद्धार कार्य जारी रहेको बताइएको छ। २६ बटालियनबाट इन्सपेक्टरको कमान्डमा आएको एसएसबी टोली एपीएफसँग मिलेर जनजीवन र क्षतिग्रस्त संरचनाको उद्धारमा सहयोग गरिरहेको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार हालसम्म इलामका विभिन्न स्थानीय तहमा पहिरोका घटनाबाट १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५ धारेमा १ जनाको र सोही वडाको धुसुनेमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु