Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

एनसीसी द्वारा शुभकामना आदान प्रदान सहित दशै कप सम्पन्न

Zenith Migration Education

सिड्नी—अष्ट्रल नेप्लिज कम्यूनिटि क्लव (एएनसीसि )को आयोजनमा २१ सप्टेंबर आईतबार एक कार्यक्रमको समारोह विच क्रेक पार्क अष्टलको प्लेग्राउण्ड मा विविध कार्यक्रमका साथ वडादशैको अवसरमा शुभ कामना आदान प्रदान , सकर कप , किड्स फण्ड प्रोग्राम अन्तर्गत एथलेटिक्स दौड ,फेस पेन्टिङ बुवा आमाका लागि म्यूजिकल चेयर , घैटो फोर्ने साथमा मनोरंजनात्मक राफल चिट्ठा कृयाकलापका साथ कार्यक्रम सम्पन भएको छ/
क्लवका अध्यक्ष सुनिल पराजुलिको अध्यक्षता तथा अष्ट्रेलियाका मेम्बर अफ पार्लियामेन्ट नथान ह्यागार्टी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रमुख आथितवमा भएको सो कार्यक्रममा क्लवका सामुदायिक कोडिनेटर कृष्ण के सि को संयोजन एवं समन्वयमा २ चरणमा गरी कार्यक्रम सम्पन्न भएको थियो/

अष्ट्रल क्षेत्रमा सरोकारवाला संघ संस्थाका प्रतिनिधी ,नेपाली अभिभावक बुवाआमा, दाजुभाई, दिदिबहिनि तथा बालवालिकाको वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा चार वटा समुहहरु क्रमश सगरमाथा , अन्नपूर्ण , कन्चनजङ्गा र धौलागिरी का समुह विच 3 घण्टा बड़ो रोचक प्रतिस्पर्धात्मक रुपमा खेल सम्पन्न भएको थियो जसमा अन्नपूर्णका क्याप्टेन अनिल जङ्ग थापा, कचनजङ्गाका पारस भहराई, धौलागिरीका समिर पौडेल र सगरमाथाका निराजन श्रेषठले टिम क्याप्टेनको नेतृत्व लिएका थिए जसमा सगरमाथा टिमको निराजन श्रेष्ठको समुह प्रथम भई विजेता हासिल गरेको थियो/
सबै खेलप्रेमि तथा अन्य कृयाकलापमा उत्कृष्ट भएका वालबालिका तथा व्यक्तित्वहरुलाई प्रमुख अतिथि सांसद नेथान तथा अध्यक्ष पराजुलि र मल्टि डाइनामिकका अच्यूत न्यौपानेले क्रमःश पुस्कार मेडल वितरण गरेका थिए साथै पराजुलिले आफ्नो धारणा व्यक्त गर्दै क्लवले छोटो समयमा पनि युवाहरुलाई समेटि सामाजिक एवं परोपकारी कार्य गरेकोमा खुशि व्यक्त गर्दै कार्यक्रमको प्रशंसा गर्नु भएको थियो/!यस्तै अर्को अतिथि फेन्का न्यु साउथ बेल्थ का डेपुटि कोडिनेटर एवं आरएनएस अस्टेलियाका संरक्षण मुक्तिराम पोखरेल ज्यू ले आफ्नो धारणा राखे/

कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद नेथान ले सामाजिक रुपान्तरण गरी युवा वर्गलाई एकिकृत गर्दै खेलकुद तथा सामुदायिक गतिविधिमा सामाजिक कार्य मार्फत आयाम थप्दै काम गर्दै अगाडि बढेकोमा प्रशंशा गर्दै छोटो समयमा पनि क्लवले गरेको कार्यको सरहाना गर्नु भएको थियो यस्तै अर्को अतिथि न्यु साउथ बेल्थ का NRNA NSW का स्टेट कोर्डिनेटर उषा बारिया पोखरेलले आफ्नो मन्तव्य दिदै यस क्लवले आगामी दिन महिला शशक्तिकरण नेतृत्व विकास सहित सामुदायिक गतिविधिलाई अझ सशक्त रूपमा अगाडि बढाउन सुझाव विदै क्लवले हालसम्म गरेका कार्यको प्रशंसा गर्नु भएको थियो भने संस्थाका अध्यक्ष सुनिल पराजुलिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम लाई सफलिभूत बताउन सहयोग गर्ने टिम का साथिहरु , मिडिया कर्मौ , अभिभावक समाज , स्पोन्सरदाता खेलाडि एवं अस्ट्रल वासि समस्त आमा बुवा दाजु भाई दिदी बहिनि ज्यू लाई विशेष धन्यवाद दिदै आफ्नो मन्तव्यको क्रममा युवाहरु परिवर्तनका संवाहाक हुनु जसले यूवाहरुमा भएको ज्ञान सिप र दृष्टिकोण क्लवले आफ्नो संस्कृत्ति मार्फत एकिकृत्त सामुदायिक योजना बनाई विभिन्न सरोकारवाला सँग सहकार्य गरी कार्य गर्ने छ भन्ने धारणा व्यक्त गर्नु भयो थियो/ सो कार्यक्रमलाई सफलिभूत पुऱ्याउन विभिन्न व्यक्ति तथा संघ संस्थाले पनि साझेदारी गरी सहयोगी हातहरु अगाडि बढाएका थिए जसमा क्रमःश Rey Properties,vibes mortagage and finance, 8848 MomohouseParramatta,Top shells coffee and Kitchen,Epoxy Garden and Landscaping ,Build ,DelightedTours and Travels ,Multi-Dynamic
ICS Migration and Education,Maya Conveyancing Sathi Pest Management, media partner Aaha Nepal, Xenxcel,
HS Creations ,कोच डिल खड्का लगायतका व्यक्ति तथा व्यवसायिक संस्थाले कार्यक्रमलाई सफल बनाउन सहयोगि भुमिका खेलेका थिए |

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु