Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता 

Zenith Migration Education

बाजुरा । बाजुराबाट एक महिला १० दिनदेखि बेपत्ता भएकी छन्। 

बेपत्ता हुनेमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका–६ मायापथ सुन्दरबस्तीकी सीता मरासिनी रहेकी छन्।

उनी बाजुराबाट करिब १० दिनदेखि बेपत्ता रहेकी छन् ।करिब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका–२ छुदरी स्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्क बिहीन भएकी हुन्।

विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले बताए । अन्दाजी ४६ वर्षीया श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउँन नसकेको उनको भनाई छ ।

परिवारले मरासिनीलाई कतै फेला पारेपछि ९८४७३१७१३७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेका छन्।प्रहरीले पनि उनको खोजी कार्य जारी राखेको छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु