राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न जेनजी आन्दोलनका अगुवाहरूले सुदन गुरुङसहितको टिम बनाएका छन् ।
बुधबार गुरुङसहित पुरुषोत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता र खेमराज साउदलाई आधिकारिक वार्ताकारका रूपमा चयन गरिएको हो।
भेटवार्ताको मिति भने टुंगो लाग्न बाँकी छ। सबैको साझा एजेन्डा तयार गरेरै वार्ता अघि बढाउने बतयारी गरिरहेको बताइएको छ ।
वार्तामा जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका परिवार, घाइते र आन्दोलनमा प्रत्यक्ष संलग्न अन्य प्रतिनिधिहरू समेत सहभागी हुने जनाइएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओलीको सरकार पतन भई सुशीला कार्की नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन भइसकेको छ। नयाँ सरकारले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने योजना गरेकोमा हालसम्म ८ जना मन्त्रीलाई जिम्मेवारी दिइसकेको छ।



