Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री कार्की

Zenith Migration Education

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले विहीवार अपरान्ह ६ बजे विशेष सम्बोधन गर्ने तयारी गरेकी हुन्।

सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य विषयवस्तुका बारेमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्य तथा विज्ञहरूसँग अनौपचारिक छलफलसमेत गरेकी छिन्। उनले सम्बोधनमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरू समेट्ने बताइएको छ।

प्रशासन सिंहदरबारस्थित विशेष स्रोतका अनुसार प्रधानमन्त्री कार्कीको सम्बोधन विशेषगरी आगामी निर्वाचनको तयारी र त्यससँग सम्बन्धित चुनौतीहरूमा केन्द्रित रहने बताइएको छ। साथै, देशको पछिल्लो राजनीतिक अवस्था र निकासबारे पनि सम्बोधनमा समेटिने ती स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु