Friday, September 25, 2026
Zenith Migration Education
Friday, September 25, 2026

बाबुराम भट्टराईले दिए राजीनामा

Zenith Migration Education

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

बुधबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा डा. भट्टराईले आफ्नो राजीनामा पत्र पेश गरेका हुन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, डा. भट्टराईले अबको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने आवश्यकता औंल्याउँदै पद त्याग गरेका हुन् ।

बैठकले पार्टीको केन्द्रीय समिति भंग गर्ने निर्णय गर्दै पार्टीलाई विशेष महाधिवेशनतर्फ लैजाने मार्गचित्र तय गरेको छ । विशेष महाधिवेशनका लागि आयोजक कमिटी गठन गर्ने निर्णय पनि गरिएको छ ।

पार्टी स्रोतका अनुसार आयोजक कमिटीको संयोजकमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई प्रस्ताव गर्ने तयारी गरिएको छ । सो प्रस्तावमा छलफल जारी रहे पनि अन्तिम निर्णय भने महाधिवेशन आयोजक कमिटी गठनपछि सार्वजनिक गरिनेछ ।

पार्टी नेतृत्वमा फेरबदलको तयारीसहित विशेष महाधिवेशनमार्फत संगठन पुनर्संरचना गर्ने रणनीति पार्टीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु