Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

Zenith Migration Education

काठमाडौं । मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ । 

मंगलबार दिउँसो करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधबार बिहानैबाट पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । 

पहिरोका कारण सडक आवागमन दुईतर्फी नै बन्द हुँदा सवारी चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

‘तुइन खोलाको पुल नजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ’, सूचनामा भनिएको छ, ‘पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’

हाल पहिरोको दुवै तर्फ सवारी साधनहरु चलेका छैनन । वैकल्पिक सडक प्रयोग गरि यातायात सञ्चालन गरिएको छ । त्रिभुवन राजपथ(नौबिसे –हेटौडा), कान्ति राजमार्ग(सातदोबाटो – भैरब मन्दिर –बगुवा –लेनडाडा –हेटौडा) कालीगण्डकी कोरिडोर बाट छिरेर ( गैडाकोट –पाल्पा राम पुर–भिमाद –तनहु ), धादिंग(फिर्केखोला –धादिंग बेशी –सल्यानटार)–गोर्खा (आरुघाट –आबुखैरेनी), बुटवल –पोखरा वैकल्पिक सडक प्रयोग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु