Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

रेशम-रञ्जिता विवाद : के हो चुरो कुरो ?

Zenith Migration Education

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ नाताले श्रीमान् श्रीमती हुन् तर राजनीतिक वृत्तमा यी दुई बीचको राजनीतिक विवादले पार्टी विभाजनको संघारमा पुगेको छ।

सोमबार पार्टीको बैठकमा हात हालाहालको स्थिति निम्तिएको थियो। त्यसकाे प्रतिक्रिया स्वरूप अध्यक्ष रञ्जिताले बागमती र गण्डकी प्रदेशका अध्यक्षलाई कारबाही गरेपछि पार्टीको विवाद चरमउत्कर्षमा पुगेको हो ।

रेशम रञ्जिता दम्पतिको बिवादले सिंगो पार्टी नै दुई धारमा विभाजित भएको छ। रेशम पक्षले यही चैत २३ २४ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठक पार्टीको आधिकारिक नभएको रञ्जिताले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकी छिन्।

यसले नाउपा विभाजनको डिलमा पुगेको बताइन्छ। रेशम रञ्जिता दम्पतीकोबीचमा राजनीतिक रुपमा देखा परेको दरारले पारिवाारिक र राजनीतिक विभाजन ल्याउने सम्मको अवस्था देखिएको नाउपा स्रोत बताउँछ।

यसको नालीबेली निकै लामो रहेको छ। रेशमले डिल्लीबजार कारागारबाट गठन गरेको पार्टीमा आफ्नै श्रीमती रञ्जितालाई अध्यक्ष बनाएका थिए। उनको अवधारणा अनुसार गठित नाउपाले ४ संघीय सांसद सहित प्रदेशमा १२ सांसद जितेको थियो। लुम्बिनीमा ४, मधेशमा १, सुदूरपश्चिममा ७ सांसद नाउपासँग रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु