Monday, July 20, 2026
Zenith Migration Education
Monday, July 20, 2026

आचारसंहिता उल्लंघनप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

Zenith Migration Education

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सोमबार जारी प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न तथा गराउन आग्रह गरिएको हो ।

काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेसागत आचारण र मर्यादा विपरीतका गतिविधि बढ्दै गएको उल्लेख गरेको छ । 

काउन्सिलले अनलाइन समाचार पोर्टल दर्ता गरे पनि समाचार सामग्री प्रकाशन नगरी युट्युब च्यानल, फेसबुक पेज तथा रिलमार्फत भ्युज र मोनिटाइजेसन केन्द्रित तथ्यहीन, झैझगडा तथा गालीगलौजपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य बढ्दै गएको जनाएको छ ।

काउन्सिलका अनुसार बिना अनुमति तथा पत्रकार परिचयपत्रबिना विभिन्न कार्यालय, शैक्षिक संस्था वा कार्यक्रममा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, दुव्र्यवहार तथा विवाद सिर्जना गर्ने, हातपातसम्मका घटनाका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दो छ ।

गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता, गरिमा र स्थापित मर्यादामा नकारात्मक प्रभाव पारिरहेको काउन्सिलको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु