काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार बेलुका कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्यालसहित छलफलका लागि राष्ट्रपति निवास पुगेकी थिइन् । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिएका हुन् ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । प्रतिनिधिसभा विघटनसँगै कार्कीलाई आजै ९ बजे सपथ गराउने तयारी भएको छ ।



