काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा ‘जेनजी’ प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन् ।
महासचिव गुटेरेसले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘नेपाल सरकारलाई मानव अधिकार कानूनको पूर्ण पालना गर्न आग्रह छ ।’
उनले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न र जीवन तथा सम्पत्तिको सम्मान गर्न पनि आह्वान गरेका छन् ।
नेपालको स्थिति नजिकबाट नियालिरहेको बताउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिनुभएको छ ।
I'm closely following the situation in Nepal & I'm deeply saddened by the loss of life.
— António Guterres (@antonioguterres) September 9, 2025
I urge a thorough investigation, restraint to avoid further escalation of violence & dialogue towards forging a constructive path forward.
I call on the authorities to comply with human…



