काठमाडौँ । नेपाल प्रहरीले संसद भवनभित्र ३२ जना मृत भेटिएको भनेर भ्रामक खबर नफैलाउन अनुरोध गरेको छ । बुधबार प्रहरीले अन्य देशका पुराना घटनाहरूको हिंसात्मक तस्बिर देखाएर भ्रम छर्न थालिएको भन्दै डर नफैलाउन र भ्रम नछर्न अनुरोध गरेको हो ।
प्रहरीले भ्रामक सूचना फैलाएर स्थितिलाई नभड्काउन कार्य नगर्न पनि आग्रह गरेको छ ।



