Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

हिल्टन होटलमा आगजनी

Zenith Migration Education

काठमाडौँ । मङ्गलबार आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरुले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् । केहीबेरअघि प्रदर्शनकारीले हिल्टन होटलमा आगजनी गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।

शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुङ्गामुढा गरिरहेका छन् ।

देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकोप्टरबाट अन्यत्र सारिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु