Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आह्वान

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै मङ्गलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भनेका छन् ।

“उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे संर्वदलीय बैठक आह्वान गरेको छु ।’’, प्रधानमन्त्री ओलीले, “सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु’’, अपिलमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु