Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

सात देशका दूतावासको संयुक्त वक्तव्य : संयमता अपनाऊ, मौलिक अधिकार सुनिश्चित गर

Zenith Migration Education

काठमाडौँ । जेनजीहरुको प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि काठमाडौँमा रहेका अमेरिकासहित सात देशका दूतावासले संयुक्त वक्तव्य जारी गरेको छ ।

सोमबार राति अमेरिकासहित सात देशका दूतावासले जारी गरेको संयुक्त वक्तव्यमा सबै पक्षलाई अधिकतम संयमता अपनाउन र मौलिक अधिकार सुनिश्चित गर्न अपिल गरेका छन् ।

अष्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त वक्तव्य आएको हो ।

‘‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ,’’ वक्तव्यमा भनिएको छ, ‘‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।’’

यसअघि राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले पनि शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चितता गर्न आग्रह गरेको थियो ।

सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु