Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

जेनजी प्रदर्शनले काठमाडौँका भित्री सडक पनि तनावग्रस्त

Zenith Migration Education

काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरुको प्रदर्शनका कारण सोमबार दिनभरी काठमाडौँको बानेश्वरलगायतका क्षेत्र तनाव ग्रस्त बन्यो । जेनजीहरूको प्रदर्शनका प्रहरीले हस्तक्षेत्र गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ उपत्यकामा १६ जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको गोली लागेर सहकर्मीको मृत्यु भएपछि जेनजीहरू थप आक्रोशित भएका छन् । अहिले साँझपखदेखि भने प्रदर्शनकारीहरूले भित्री सडकमा पनि प्रदर्शन सुरु गरेका छन् ।

जेनजीहरूको प्रदर्शनका कारण काठमाडौँको बानेश्वर आसपासको भित्री सडकलगायत न्यूरोड तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु