Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

जेनजी प्रदर्शन : ट्रमामा मृत्यु भएका तीन जनाको सनाखत

Zenith Migration Education

काठमाडौँ । ट्रमा सेन्टरमा मृत्यु भएका तीन जना मृतकहरूको पहिचान खुलेको छ । अस्पतालका अनुसार, अहिलेसम्म ट्रमा सेन्टरमा मात्रै नौ जनाको मृत्यु भइसकेको छ । जसमध्ये तीन जनाको नाम प्राप्त गरेको छ ।

मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।

अन्य पाँच जनाको भने सनाखत हुन बाँकी भएको ट्रमा सेन्टरका एक चिकित्सले बताए । उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । उता, विराटनगरमा पनि दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु