काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार भएको जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा गरेको छ । एसोसिएसनका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरङ्कश छविलाई उजागर गरेको जनाएका छन् ।
‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लागि सयौं प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सर्वोच्च बारले विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार भएको उल्लेख गर्दै स्थिति थप प्रतिकूल हु नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन अनुरोध गरेको छ।



