काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ ।
अघिल्लो दिन प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख १२ हजार रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।



