Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

मेलबर्नमा सडक दुर्घटना : दुई नेपाली नर्सको मृत्यु

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । साथीसँग जन्मदिन मनाएर घर फर्कंदै गर्दा मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्न नजिकै ह्युम हाइवेमा उनीहरु चढेको कार दुर्घटना भएको हो ।

घाइते कंगारुलाई बचाउन खोज्दा उनीहरू दुर्घटनामा परेका स्थानीय प्रहरीले जनाएको छ । अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली नर्स सरला र अरुजाले दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।

हाइवेमा गाडी रोकेर उनीहरूले कंगारुलाई बचाउने प्रयास गरेका थिए । सोहीक्रममा पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको थियो ।

घटनास्थलमै एक जनाको र अर्की एक जना नर्सको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे प्रहरीले छानबिन अगाडि बढाएको छ । रातिको समय हाइवेमा तीव्र गतिमा हुँइकिएको सवारीसाधनले रोकिएको अर्को गाडीलाई नियाल्न नसक्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु