Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

नेपालमा कुन–कुन सामाजिक सञ्जाल चल्छन् ? कुन चल्दैनन् ? (सूचीसहित)

Zenith Migration Education

काठमाडौं । सरकारले आजदेखि सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेसँगै नेपालमा अब कुन–कुन सामाजिक सञ्जाल चल्छ भन्ने चौतर्फी चासोको विषय बनेको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् ।

यी प्लेटफर्महरू बन्द हुने छैनन् । नेपालमा यी प्लेटफर्महरू सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।

बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले क्रमशः बन्द गरिने सूचना मार्फत जानकारी गराएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्ने गरी रोक लगाउन लागिएको हो ।

त्यस्त, बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनः खोलिने पनि सरकारले जनाएको छ ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । उक्त म्याद गएरातिबाट सकिएको थियो ।

नेपालमा सूचीकृत भएका टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ निरन्तर चल्नेछन् ।

त्यस्तै, सूचीकृत नभएका फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो बन्द हुने छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु