Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

प्रधानमन्त्री ओलीले दिए रुसका राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओ‌लीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्र सचिव अमृतबहादुर राईले बताए । उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ ।

त्यस्तै उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको र नेपाल(रुस सिधा हवाई उडान गर्ने विषयमा पनि छलफल भएको परराष्ट्र सचिव राईले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु