Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

दुई लाख घुस रकमसहित मालपोत कार्यालयका नासु अख्तियारको नियन्त्रणमा

Zenith Migration Education

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुससहित मालपोत कार्यालयका नासुलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

भण्डारीलाई दुई लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि हुने बताएका छन् । भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु