Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

प्राविधिक युग र कोभिडपछि अष्ट्रेलियामा घरेलु हिंसा बढ्दै : एनआरएनएका पूर्व संस्थापक अध्यक्ष केसी

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासी नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका पूर्व संस्थापक अध्यक्ष मन केसीले घरेलु हिंसा एउटा विकराल समस्या भएको बताए । उनले हाम्रो समुदायमा मात्र नभएर देशव्यापी रुपमा यो समस्या रहेको बताए । अष्ट्रेलियामा घरेलु हिंसा प्राविधिक युग र कोभिडपछि अझ बढ्दै गएको उनको भनाइ छ ।

‘‘आप्रवासी नेपाली समुदाय र नयाँ पुस्ताको समुदाय बढी हुनाले सांस्कृतिक भिन्नता छन् ।’’ पूर्व संस्थापक अध्यक्ष केसीले भने, ‘‘नयाँ ठाउँका नियम तथा कानुन, सामाजिक मूल्य मान्यता थाहा नभएको हुन सक्छ ।’’

‘ओके इन माइ कन्ट्री सुट बि ओके हियर’ भन्ने मनसायले पनि घरेलु हिंसाले विकराल रुप लिँदै गएको उनको भनाइ छ । यसले कानुन व्यवस्थापनमा पनि असर पार्ने पनि उनले बताए ।

यसले कानुनी रुपमा अप्ठ्यारो र जिन्दगी समेत बरबाद हुन सक्छ । जसका कारण परिवारिक दूरी समेत बढ्दै जान्छ । त्यसैले यसबाट सचेत हुनुपर्ने उनको भनाइ छ ।

अष्ट्रेलियन सरकारले घरेलु हिंसाविरुद्ध थुप्रै कार्यक्रमहरु स्थानीय, पालिका साथै राष्ट्रव्यापी रुपमा सञ्चालन गरिरहेको छ । यसमा सहभागी हुने गरौँ र आफूपनि यस्तो हिंसाबाट बचौँ र अरुलाई पनि बचौँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु