Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

नेपाली बजारमा बढ्यो सुनको मूल्य

Zenith Migration Education

काठमाडौँ । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार चार सय ७० रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु