Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

ट्रम्पद्वारा कमला ह्यारिसको गुप्तचर सेवाको सुरक्षा फिर्ता

Zenith Migration Education

वासिङ्टन । ट्रम्प प्रशासनले पूर्व उपराष्ट्रपति कमला ह्यारिसको गुप्तचर सेवाको सुरक्षा फिर्ता लिएको ह्वाइट हाउसका एक अधिकारीले शुक्रबार बताएका छन् ।

सीएनएनका अनुसार तत्कालीन राष्ट्रपति जो बाइडनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि निर्वाचित उम्मेदवार ह्यारिसका लागि अनुमोदन गरेको समयावधि जुलाई २१ मा समाप्त भएको थियो ।

ह्यारिसका एक वरिष्ठ सहयोगीले एएफपीलाई बताएअनुसार ह्यारिस ‘अमेरिकी गुप्तचर सेवाको व्यावसायिकता, समर्पण र सुरक्षाप्रतिको अटूट प्रतिबद्धताका लागि आभारी छन् ।

ह्यारिसले चुनाव हारेदेखि नै उनले आफुलाई कम चर्चामा राखेकी छन् । उनले आफ्नो असफल राष्ट्रपति पदका लागि आफूले लेखेको पुस्तकको प्रचारका लागि यो शरद ऋतुमा भ्रमण गर्ने छिन् । यो यात्राले उनलाई अक्सर सार्वजनिक रूपमा उपस्थित हुन बाध्य पार्नेछ।

ह्यारिसले ट्रम्पविरुद्ध आफ्नो छोटो राष्ट्रपतीय दौडको अवधिलाई पुस्तकको शीर्षक ‘१०७ दिन’ दिएकी छन् । साइमन एण्ड शुस्टरद्वारा प्रकाशित संस्मरण सेप्टेम्बर २३ मा संयुक्त राज्य अमेरिकामा सार्वजनिक हुनेछ ।

संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिको रूपमा सेवा गर्ने पहिलो महिला, ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बनेकी थिइन् । बाइडेनले आफ्नो संज्ञानात्मक स्वास्थ्यको बारेमा चिन्ताको बीच दौडबाट नाम फिर्ता लिएका थिए ।

ह्यारिसले आफूले पुस्तक ‘स्पस्टवादिता र प्रतिविम्व’का साथ लेखेको र अभियानको ‘पर्दा पछाडिको विवरण’ दिने वाचा गएकी छन् ।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति ट्रम्पले आफ्ना कथित शत्रु र राजनीतिक प्रतिद्वन्द्वीलाई लक्षित गरी विभिन्न कदम चाल्ने छन् ।

उनले अन्य अधिकारी र पूर्व अधिकारीहरूको सुरक्षा स्वीकृति खोसेका छन्, उनीविरुद्ध विगतका मुद्दाहरूमा संलग्न कानून फर्महरूलाई लक्षित गरेका छन् र विश्वविद्यालयहरूबाट संघीय अनुदान रोक्का गरेका छन् ।

गत हप्ता एफबीआईका प्रतिनिधिहरूले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको घर र कार्यालयमा छापा मारेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु