Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

अष्ट्रेलियामा ‘अन्जिला’ को चर्चा बढ्दै, सिड्नी ओबर्नमा सेप्टेम्बर ६ मा पुनः शो

Zenith Migration Education

सिड्नी । अष्ट्रेलियामा नेपाली चलचित्र अन्जिलाको माग बढ्दै गएको छ । एडिलेड, ब्रिजबेन र सिड्नीमा सफल प्रदर्शनपछि अब पुनः सिड्नीमा अर्को शो हुने भएको छ।

निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार दर्शकको निरन्तर चासोका कारण सिड्नी ओबर्नस्थित रिडिङ हलमा आगामी सेप्टेम्बर ६ मा चलचित्रको पुनः अर्को शो तय भएको हो ।

“नेपाली दर्शकले दिएको साथ र माया देख्दा हामी निकै उत्साहित भएका छौं,” निर्माता श्रेष्ठले बताए ।

मिलन चाम्सको निर्देशनमा बनेको अन्जिला साहसी राष्ट्रिय महिला फुटबल खेलाडी अन्जिला तुम्बापो सुब्बा को जीवन कथामाथि आधारित छ।

यसअघि गत हप्ता सिड्नीमा प्रदर्शन भइसकेको फिल्मलाई उल्लेख्य दर्शकले साथ दिएका थिए । यसैबीच, चलचित्रको अर्को शो सेप्टेम्बर १ मा मेलबर्नमा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु