Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

 Raine & Horne लिपिङ्ग्टन अस्ट्रल दोस्रो वर्षमा 

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । नेपालीको स्वामित्वमा सञ्चालनमा रहेको  Raine & Horne लिपिङ्ग्टन अस्ट्रलले आफ्नो एक वर्ष पूरा गरेको छ । सो रियल स्टेटका Owner / Selling Principal बिजय पल (पौडेल)का अनुसार कम्पनि स्थापनाको १२ महिनामा २ सय २० ओटा प्रोपर्टीको बेचबिखन गरिएको तथा ५० भन्दा बढी प्रोपर्टीको व्यवस्थापन गरिएको जनाइएको छ ।

डेढ दशकभन्दा लामो समयदेखि अष्ट्रेलियाको रियल स्टेट क्षेत्रसँग आबद्ध विजय पल व्यवसायिक दृष्टिले मात्र नभएर सामाजिक क्षेत्रमा समेत नेपाली समुदायमा चिरपरिचित नाम हो ।

आफ्नो सेवाबारेमा बचन न्यूजसँग कुरागर्दै Raine & Horne लिपिङ्ग्टन अस्ट्रलका सञ्चालक बिजय पलले ग्राहकको माग र चाहनाका आधारमा उनीहरुले रोजेको र खोजेको ठाउँमा उचित मूल्यमा घरजग्गा उपलब्ध गराउने कार्यमा आफुहरु इमान्दार पूर्वक लागेको उल्लेख गरे । उनले ग्राहकको खुशी मै आफ्नो व्यवसायको जग बसेको बताए ।

बिजय पललाई अफिस म्यानेजरको रुपमा विकास पौडेलले, सेल्स एसोसेटको रुपमा रेकी श्रेष्ठले साथ दिँदै आएका छन् भने सेल्स एडमिनमा नतासा दुन रहेकी छिन् ।

त्यसैगरी, विशाल सुबेदी सेलिङ्ग एजेन्ट, जोइ के, रोहित वालिए, क्रिस मेनन र सन्तोष ढुंगेल सेल्स एक्ज्युकेटीभमा र रेशम भण्डारी, कृष्ण भट्ट र अशोक पंगेनीले सेल्स एजेण्टको रुपमा साथ र सहयोग पुर्‍याउँदै आएका छन् ।

बिजयले यो अनुभवी टिम सदस्यहरुको साथ र सहयोगबाट आफुले लिएको लक्ष र उद्देश्य पूरा हुने विश्वास राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु