Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

मङ्गल ग्रहका भित्रि भागमा पुरानो चट्टानी टुक्रा अझै सुरक्षितः नासा

Zenith Migration Education

लस एञ्जलस । मङ्गल ग्रहका म्यान्टल (भित्रि तह) मा आज पनि चार किलोमिटरसम्म फैलिएका ठूला–ठूला ढुङ्गाका टुक्राहरू रहेको पाइएको छ, जसले ग्रहको प्रारम्भिक अवस्थाबारे महत्त्वपूर्ण जानकारी दिएको छ । यो खोज हालै प्रकाशित वैज्ञानिक अध्ययनबाट सार्वजनिक गरिएको हो ।

अनुसन्धानमा उल्लेख भएअनुसार वषौँअघि मङ्गलमा भएका विशाल आकाशीय आघातहरूका कारण ग्रहको सतह र भित्रि भाग पग्लिएर म्याग्माको ठूलो सागर बनेका थिए । सो समयमा मङ्गलकै चट्टानी भागहरू गहिरो भित्रसम्म पुरिएका थिए र ती अझैसम्म पनि म्यान्टलमा बिच्छिएको अवस्थामा भेटिएका छन् ।

नासाको ‘इन्साइट नामक यान’ले सन् २०१८ मा मङ्गलको सतहमा पहिलोपटक भूकम्प मापन यन्त्र राखेर अनुसन्धान सुरु गरेको थियो । सन् २०२२ सम्मको अवधिमा इन्साइटले एक हजार ३१९ वटा ‘मङ्गल–भूकम्प’ मापन गर्‍यो, जसका आधारमा वैज्ञानिकहरूले ग्रहको गहिराइमा रहेका संरचनाहरूको विश्लेषण गर्न सकेको हो ।

अनुसन्धानका प्रमुख वैज्ञानिक कन्स्टान्टिनोस करालाम्बोसका अनुसार, “हामीले अहिलेसम्म कुनै पनि ग्रहको भित्रि भागलाई यति सूक्ष्म रूपमा अवलोकन गरेका थिएनौं । मङ्गलको म्यान्टलमा प्राचीन कालका ढुङ्गाका टुक्राहरू अझै पनि सुरक्षित रहनु ग्रहको ढिलो विकास भएको प्रमाण हो । पृथ्वीमा यस्ता संरचनाहरू समयसँगै हराइसकेका हुन सक्छन् ।”

वैज्ञानिकहरूका अनुसार, यस्ता खोजहरूले न केवल मङ्गलको इतिहास बुझ्न सहयोग गर्छ, तर अरू ग्रहहरूको बनावट तथा विकासक्रमबारे पनि नयाँ ज्ञान दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु