काठमाडौँ । जिल्ला अदालत भक्तपुरले आशिका तामाङलाई पाँच दिन कैद सजाय र पाँच सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ । भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।
आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । बिहीबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको अदालतले जनाएको छ ।
अदालतका अनुसार ८ हजार तीन सय रुपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ । यस्तै, पीडित राहत कोषमा दुईदुई सय बुझाउनुपर्ने बताइएको छ ।



