Monday, May 25, 2026
Zenith Migration Education
Monday, May 25, 2026

रास्वपा नेता पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति

Zenith Migration Education

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई चार दिन थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

एक जना महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका पाँडेमाथि अनुसन्धान गर्न बिहीबार जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको हो ।

महिलाले उजुरी दिएपछि पाँडेलाई बुधबार पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु