काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताएका छन् । ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै दक्ष आईटी जनशक्तिलाई मासिक दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था रहेको बताएका हुन् ।
‘सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ । यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ। यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद कदम हो।’’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनका अनुसार यस कदमले अनलाइनमार्फत सरकारी सेवा विस्तारलाई सहज र प्रभावकारी बनाउन मद्दत गर्नेछ । यसअघि देखिएको सेवामा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।
आईटी क्षेत्रको दक्ष जनशक्ति विदेशी रोजगारतर्फ आकर्षित हुँदै आएको अवस्थामा सरकारले यस्तो व्यवस्था गर्नु सुखद कदम भएको ओलीको भनाइ छ
‘



