Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

ओबर्नको चर्चित ग्राण्ड फङ्सन सेन्टर, RFM Global Group का CEO रञ्जित शाहको व्यवस्थापनमा

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया ।
समाजसेवी तथा सफल व्यवसायी रञ्जित शाहले आफ्नो जीवनसँग जोडिएको अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। करिब एक दशकअघि सोही फङ्सन सेन्टरमा एक दिन मजदुरी गरेर ५० डलर पारिश्रमिक प्राप्तगरेका शाह अहिले भने त्यही ओबर्नको प्रख्यात ग्राण्ड फङ्सन सेन्टरलाई खरिद गरी आफ्नै व्यवस्थापनमा सञ्चालनमा ल्याएका छन्।

RFM Global Group का CEO समेत रहेका शाहले हालै उक्त फङ्सन सेन्टर खरिद गरी सञ्चालनमा ल्याएका हुन्। यो उपलब्धिलाई उनको संघर्ष, अथक मेहनत र दृढ संकल्पको परिणामका रूपमा हेरिएको छ।

अबर्नस्थित पारामाट्टा रोडमा रहेको यस प्रतिष्ठित स्थलमा विगतदेखि नै बहुसांस्कृतिक समुदायले विवाह, भोज, गाला डिनर, सेमिनार, कन्फरेन्स, क्रिसमस, तीजलगायतका विविध चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्।

ग्राण्ड फङ्सन सेन्टरमा पर्याप्त पार्किङ, आधुनिक सुरक्षा व्यवस्था, अत्याधुनिक केटरिङ सेवा र अन्य आवश्यक सुविधाहरू उपलब्ध छन्। चिरपरिचित स्थानमा अवस्थित भएकाले यसलाई अझ सुविधाजनक र लोकप्रिय गन्तव्यका रूपमा मानिन्छ।

सञ्चालक शाहका अनुसार, यो व्यवसायलाई उनले केवल नाफामुखी उद्यमको रूपमा मात्र नभई समुदायसँग जोडिरहने माध्यमका रूपमा अघि बढाउने योजना बनाएका छन्। उनका अनुसार नेपाली, इन्डियनलगायत सबै समुदायका लागि बुकिङ खुला भइसकेको छ।

समाजसेवी शाह आफ्नो आम्दानीको महत्वपूर्ण अंश समुदाय र सामाजिक सेवामा खर्च गर्दै आएका छन्। यही कारण, ग्राण्ड फङ्सन सेन्टरलाई उनले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा अघि सारेका छन्।

📍 Grand Function Centre – Auburn
📞 नयाँ बुकिङ तथा जानकारीका लागि सम्पर्क:
रञ्जित शाह – 0430362770

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु