Sunday, August 30, 2026
Zenith Migration Education
Sunday, August 30, 2026

नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो : वर्षमान पुन

Zenith Migration Education

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलस्रोतमा नेपालमा २० वर्षदेखि एउटै नीति रहेकाले आज नेपाल लोडसेडिङ मुक्त भएको दाबी गरेका छन् ।

‘‘प्रश्न उठ्ने गर्दछ, नेपालमा नीतिगत निरन्तरता छैन भनेर तर एउटै क्षेत्र हो, ऊर्जा क्षेत्र, खास गरी जलविद्युतको क्षेत्रमा, नवीकरणीय ऊर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ’’ उनले भने, ‘‘झन्डै दुई दशकदेखि एउटै नीति छ ।’’

उनले थपे, ‘‘नीतिगत निरन्तरताकै परिणाम कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, त्यो अन्त्य भयो । छिमेकमा निर्यात गर्दै आएका थियौँ । अहिले हामी ऊर्जा क्षेत्रमा आत्मनिर्भर भएका छौँ ।’’

यसअघि ऊर्जा र अर्थ मन्त्रालय सम्हालिसकेका नेता पुनले नेपालमा नदी प्रवाहित आयोजनाहरू बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि बताए ।

‘हाम्रा नदी प्रवाहित आयोजनाहरू बढी छन् । अहिले पनि हामी हिउँदमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । कुनै न कुनै किसिमले हामीले जलाशययुक्त आयोजनामा जानुपर्ने हुन्छ,’ उनले भने । उपमहासचिव पुनले उत्पादित विद्युत् बिक्रीको लागि बजारको समस्या नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु