Tuesday, September 1, 2026
Zenith Migration Education
Tuesday, September 1, 2026

रुबी हत्या प्रकरण : प्रेमी लक्ष्मण पासवान पक्राउ

Zenith Migration Education

चन्द्रपुर (रौतहट) । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी कुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवान बुधबार बिहान पक्राउ परेको छ ।

पासवान आफैँले आफ्नो जीउमा आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए ।

पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरे पछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएको प्रहरी चौकी माधोपुरका बरिष्ट प्रहरी हबल्दार राजेश थारुले जानकारी दिऐ ।

गरुडामा उपचार सम्भव नदेखिए पछि पासवानलाई थप उपचारका लागि वर्न हस्पिटल कीर्तिपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

रुबी साहको हत्या बाध्यतावश गरेको पासवान आफैँले बनाएको भिडियोमा बोलेका छन् ।

आफ्नो जिउमा आगो लगाउनु केहि बेर अघि तयार गरिएको उक्त भिडियो सामाजिक सन्जालमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार रुबी साहको हत्यारा लक्षमण पासवान नै रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको पुष्टि गरेका छन् ।

रुबिको हत्या गरेर हत्याराले सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राति फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु