Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

कैलाली कारागारका एक थुनुवाको मृत्यु

Zenith Migration Education

अत्तरिया (कैलाली) । कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए । उनले मृत्युको कारण भने खुल्न नसकेको बताए ।

मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु