सिड्नी (अष्ट्रेलिया) । थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको चौथो अधिवेशनले दिप नारायण चौधरीलाई पुनः अध्यक्षमा चयन गरेको छ । अगस्ट २३ मा रकडेलस्थित इन्द्रेणी फंक्शन सेन्टरमा सम्पन्न थारु सोसाइटीको अधिवेशनले चौधरीलाई पुनः अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो ।
सन् २०१८ मा सिड्नीमा स्थापना भएको थारु सोसाइटी सिड्नी अष्ट्रेलियामा चौधरी सुरुदेखि नै नेतृत्व सम्हाल्दै आएका छन् र यो उनको चौथो कार्यकाल हो ।
यसैगरी, नयाँ कार्यसमितिका उपाध्यक्षमा निमिस लेखी र विनय चौधरी, महासचिवमा मधुकर चौधरी, सचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिंकु चौधरी तथा पब्लिक रिलेसन अफिसरमा अरुण कुमार चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै,महिला संयोजकमा मिस्रा कुमारी चौधरी, आईटी संयोजकमा उमेश चौधरी, सांस्कृतिक संयोजकमा पूजा चौधरी, विद्यार्थी संयोजकमा हृदेश चौधरी, खेलकुद संयोजकमा रोहन चौधरी, महिला सह–संयोजकमा श्रुति चौधरी, सह–कोषाध्यक्षमा उपासना चौधरी र विद्यार्थी सह–संयोजकमा हरिकृष्ण चौधरी चयन भएका छन् ।
कार्यकारीणी सदस्यहरुमा सुनम चौधरी, रञ्जना चौधरी (पर्सा), स्वेता चौधरी, नज्मा चौधरी, रञ्जना चौधरी (कैलाली), श्रुति गच्छदार, अस्मिता खोजवार, सिद्धान्त चौधरी, मिलन चौधरी, सागर चौधरी, रितेश चौधरी र सन्दीप चौधरी रहेका छन् । सोसाइटीको वरिष्ठ सल्लाहकारमा रामेश्वर चौधरी तोकिएका छन् भने दुर्गानन्द चौधरी र जानुका चौधरीलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
पुनः अध्यक्ष निर्वाचित चौधरीले सोसाइटीलाई अझ सबल बनाउँदै समुदायबीच एकता र सहकार्यलाई सुदृढ गर्न आफ्नो नेतृत्व केन्द्रित रहने बताए । उनले थारु सोसाइटी केवल एउटा सङ्गठन मात्र नभएर यो हाम्रो भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउने साझा थलो रहेको बताए ।
नव–निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ । अधिवेशनमा सहभागी थारु समुदायका सदस्यहरूले नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावकारी र सबल बनाएर अष्ट्रेलियामा बसोबास गर्ने थारु समुदायको पहिचान प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
थारु सोसाइटी अष्ट्रेलियाले थारु समुदायको सांस्कृति, पहिचान, भाषा र परम्पराको संरक्षणका लागि सक्रिय रहँदै भएको छ ।



