Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

रुपन्देही ३ को उपनिर्वाचन : दललाई निर्वाचन चिन्ह निर्धारण

Zenith Migration Education

काठमाडौँ । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिने २६ राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरेको छ ।

आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी कात्तिक १७ गते सोमबारका दिन तय भएको उपनिर्वाचनमा सहभागी हुनका लागि आयोगमा दर्ता भएका २६ राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरेको हो ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनको लागि विभिन्न राजनीतिक दललाई दर्ता गरी निर्वाचन चिन्ह निर्धारण गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) अनुसार दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका सचिव महादेव पन्थले जानकारी दिए ।

राजपत्रमा प्रकाशित सूचना अनुसार, उपनिर्वाचनका लागि दर्ता भएका प्रमुख दल र उनीहरूले प्राप्त गरेका निर्वाचन चिन्हमा नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्रे) लाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, जनमत पार्टीलाई लाउड स्पिकर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई कलम चिन्ह निर्धारण गरिएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चालाई गिलास, मंगोल नेशनल अर्गनाइजेशनलाई कुखुराको भाले, नेपालका लागि नेपाली पार्टीलाई गोलाकार भित्र शङ्ख, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाललाई षट्कोण, जनता समाजवादी पार्टी (जसपा)लाई गोलाकार भित्र मुठ्ठी निर्वाचन चिन्ह निर्धारण गरेको छ ।

आयोगले अन्य दर्ता भएका दललाई पनि निर्वाचन चिन्ह प्रदान गरेको छ, जसमा जन प्रजातान्त्रिक पार्टी, नेपाललाई गैँडा, नेपाल जनमुक्ति पार्टीलाई घर, हाम्रो नेपाली पार्टीलाई लौरो र बहुजन शक्ति पार्टीलाई जग निर्वाचन चिन्ह निर्धारण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु