Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

एनआरएनए अष्ट्रेलियाले १६ विधामा ‘एक्सिलेन्स अवार्ड’ प्रदान गर्ने

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले १६ विधामा ‘एक्सिलेन्स अवार्ड २०२५’ प्रदान गर्ने भएको छ ।

एनआरएनए अष्ट्रेलियाले अवार्ड मनोनयनका लागि यही अगस्ट २९ जम्म म्याद गरको जनाएको छ ।

अवार्ड संयोजक रामचन्द्र पौडेलका अनुसार यस अघि मनोनयनका लागि अगस्ट २४ सम्म समय तोकिएको थियो । तर, यसका लागि पाँच दिन थप गरेर २९ अगस्टसम्म पुर्‍याइएको जानकारी उनले दिए ।

यो अवार्ड एनआरएनए अष्ट्रेलियाले समाजमा दिएको योगदानका आधारमा हरेक २ वर्षमा यो अवार्ड प्रदान गर्दै आएको छ । एनआरएनएले विद्यार्थी, खेलाडी, युवा, व्यवसायी, पत्रकार, अधिवक्तालगायतलाई समेटेर यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।

यी विधामा आफूलाई मन परेको उम्मेदवारलाई मनोनयन गर्न संयोजक पौडेलले अनुरोध गरेका छन् । यो अवार्ड सेप्टेम्बर ६ मा सिड्नीमा घोषणा गरी प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु