Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा. विष्ट एआईबिडीको उपाध्यक्षमा निर्वाचित

Zenith Migration Education

काठमाडौँ । एशिया प्यासिफिक इन्स्टच्युट अफ ब्रोडकास्टिङ डेभलपमेण्ट (एआईबिडी) को साधारण सभाबाट सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट उपाध्यक्षमा निर्वाचित भएका छन् ।

एआईबिडी को २३ ओैँ साधारण सभाले निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको हो । थाइल्यान्डको फुकेटमा आयोजित साधारण सभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा भारत र उपाध्यक्षमा नेपाल निर्वाचित भएका हुन् ।

भारतको प्रसार भारतीका प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदी अध्यक्षमा र नेपालका डा. विष्ट उपाध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमिति सदस्यमा कोरिया, भुटान, फिलिपिन्स, बंगलादेश र भियतनाम निर्वाचित भएका छन् ।

नयाँ कार्य समितिको अवधि आगामी दुई वर्षसम्म हुनेछ । मिडिया, नागरिक, शान्ति र समृद्धि मूल विषयमा आयोजित एआईबिडीको साधारण सभा बिहीबार सम्पन्न हुँदैछ । एआईबिडीको साधारण सभा प्रत्येक वर्ष हुने औपचारिक सम्मेलन हो ।

सम्मेलनमा एआईबिडीका सदस्य राष्ट्रहरु, सम्बद्ध संस्था र साझेदार तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ । सम्मेलनबाट संस्थाको गतिविधिको समिक्षा हुनुका साथै भविष्यका योजनाहरुको तयारी र कार्यान्वयनको ढाँचा लगायतका विषयमा गहन छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु